काठमाडौं । कारोबार सुरु भएको २ मिनेटमा नै बजार ४.०१ प्रतिशतले बढेको छ ।
बजारमा पहिलो सर्किट लागेको छ । यो सँगै कारोबार २० मिनेटका लागि रोकिएको छ ।
बजार ८२.४८ अंकले बढेर परिसूचक २१३५.८७ बिन्दु कायम भएको छ ।
सरकार परिवर्तनको चर्चाले बजारमा सकारात्मक सर्किट लागेको हो ।
कारोबार शुरु भएको पहिलो एक घण्टामा बजार ४ प्रतिशत, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे बजारमा नकारात्मक वा सकारात्मक सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।
SHARE YOUR THOUGHTS