![](https://internal.appharu.com/wp-content/uploads/2020/07/stock-1-1.jpg)
काठमाडौं । सरकार परिवर्तनको चर्चाले सेयर बजारमा दोस्रो सर्किट लागेको छ ।
पहिलो सर्किट पछि २० मिनेट कारोबार खुले लगत्तै पुन बजार ५ प्रतिशतले बढेर बजारमा दोस्रो सर्किट लागेको छ । दोस्रो सर्किट लागेपछि ४० मिनेका लागि कारोबार बन्द हुन्छ ।
२३७ कम्पनीको ३ लाख ४६ हजारर ५३५ कित्ता सेयर १४ करोड १७ लाख ७३ हजार ३०० रुपैयाँको सेयर कारोबार भएको छ ।
२३२ कम्पनीको सेयर मूल्य बढेको छ । सरकार परिवर्तनको चर्चाले बजारमा सकारात्मक सर्किट लागेको हो ।
कारोबार शुरु भएको पहिलो एक घण्टामा बजार ४ प्रतिशत, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे बजारमा नकारात्मक वा सकारात्मक सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।
सोमबार मध्यराति नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको छ । सहमति अनुसार नेकपा एमालेको भागमा अर्थ मन्त्रालय पर्ने चर्चा छ । एमालेले अर्थ मन्त्रालय पाएको खण्डमा बिष्णु पौडेल अर्थ मन्त्री बन्ने चर्चा रहेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/image-2-736x768.png)
SHARE YOUR THOUGHTS