![](https://internal.appharu.com/wp-content/uploads/2024/07/1000084649-1.jpg)
काठमाडौं । काभ्रेको बनेपस्थित नेपाल एसबीआई बैंकका ग्राहक र कर्मचारीहरुलाई शीर मेमोरियल हस्पिटलले आफ्ना सेवामा छुट दिने भएको छ । एसबीआई बैंकको बनेपा शाखा र बनेपाकै शीर मेमोरियल अस्पतालबीच नयाँ सम्झौतामा हस्ताक्षर भएको हो ।
नयाँ सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीलाई शीर मेमोरियल अस्पतालको स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट र औषधिमा ५ प्रतिशतसम्म छुट दिने बताइएको छ । बैंकका ग्राहकहरुले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवाका आधारमा अस्पतालमा छुट पाउने छन् ।
एसबीआई बैंक बागमती प्रदेश शाखा प्रमुख तथा प्रमुख व्यवस्थापक विनोद कुमार ढुंगेल र शीर मेमोरियल अस्पतालका सीईओ डा. हेक्टर जी ग्यारेसले एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । समारोहमा बैंकका बनेपा शाखा प्रमुख भुपेन्द्र मान श्रेष्ठ, सुनीता गिरी, प्रमुख फाइनान्स अफिसर सूर्यप्रभा शाक्य र शीर अस्पतालकी मार्केटिङ प्रमुख निशा गौतम पनि सहभागी थिए ।
SHARE YOUR THOUGHTS