![](https://internal.appharu.com/wp-content/uploads/2024/07/mina-dhakal-768x403.png)
काठमाडौं । हास्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
केही युवाहरू लिएर बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मीना युवाहरुको समूह लिएर बालकोट पुग्दा गजुरेल भने घरमा थिएनन् ।
८५ वर्षकी गजुरेलकी आमालाई धम्काई ताला लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले ढकाललाई नियन्त्रणमा लिएको हो ।
२०७४ सालमै सहमतिमा सम्बन्ध विच्छेद भइसकेपछि पनि मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी छन् । गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् ।
आपसी समझदारीमा गजुरेल र ढकालको डिभोर्स गर्दा मीनाले अंशबण्डावापत मनोजबाट ६५ लाख रुपैयाँ पाएकी थिइन् भने उनकी छोरीले ६० लाख रुपैंया प्राप्त गरेकी थिइन् । डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति भए पनि डिभोर्सको ८ महिनापछि छोरी आमासँग बस्न नरुचाएर गजुरेलसँग बस्न गएकी थिइन् ।
SHARE YOUR THOUGHTS