![](https://internal.appharu.com/wp-content/uploads/2024/07/kulman_dedicatedline.png)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म (२८ महिना) को डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउने भन्दै पत्राचार गरेपछि ५ उद्योगलाई राहत मिलेको छ ।
ती उद्योगहरुले यो अवधिको बक्यौता रकम तिर्न बाँकी छैन । जसका कारण पाँच उद्योग ट्रंक र डेडिकेटेडलाइनको विवादबाट हटेका छन् । सरकारको निर्णयपछि विनायक स्पात प्रालि, नारायणी स्पात प्रालि, सिद्धी लक्ष्मी स्टील, जगदम्बा इन्टरप्राइजेज र सिता फुड इन्डस्ट्रीलाई राहत मिलेको हो ।
सरकारले बीचको अवधिको बक्यौता उठाउने निर्णय गरेपछि प्राधिकरणले आन्तरिक अध्ययन समिति बनायो । उक्त समितिले तीन अवधिमा छुट्टा छुट्टै अध्ययन गरेर प्रतिवेदन दिएको छ । जसमा पहिलो अवधि (२०७२ साउनदेखि २०७२ पुस) को १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ बक्यौता रहेको उल्लेख गरेको छ । यो अवधिको सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेकाले हाललाई यथावत राख्न सिफारिस गरेको छ ।
दोस्रो अवधि (२०७२ माघदेखि २०७५ वैशाख) को उठाउने निर्णय गरेको छ ।
तेस्रो अवधि (२०७५ जेठदेखि २०७७ असार) को ९ अर्ब १ करोड ९५ लाख रुपैयाँ बक्यौता छ । मन्त्रिपरिषद्को बैठकले नलिने भन्ने निर्णय गरेकाले नलिन समितिको सिफारिस छ ।
२०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता
क्रस | कम्पनी | बक्यौता रकम (रुपैयाँमा) |
१ | अशोक स्टिल | १४ करोड ६५ लाख १ हजार |
२ | भलवारी चामल कारखाना | २३ लाख ९४ हजार |
३ | कसमस सिमेन्ट | ७ करोड ८३ लाख ५५ हजार |
४ | डाबर नेपाल | ११ करोड ६१ लाख १ हजार |
५ | एभरेष्ट रोलिङ मिल्स | १४ लाख ६ हजार |
६ | जिबी टेक्सटाइल | २८ लाख ६५ हजार |
७ | घराना फुड्स | १५ लाख १५ हजार |
८ | घोराही सिमेन्ट उद्योग | ४० करोड ६८ लाख २८ हजार |
९ | गोयन्का फुड्स | ११ करोड ८१ लाख ३ हजार |
१० | हामा आइरन | ४ करोड ६८ लाख १४ हजार |
११ | हिमाल आइरन एण्ड स्टिल | १० करोड ९२ लाख १ हजार |
१२ | हुलास स्टिल | ११ करोड २९ लाख ६४ हजार |
१३ | जगदम्बा स्टिल | १ अर्ब २८ करोड १४ लाख ७४ हजार |
१४ | जगदम्बा सिन्थेटिक्स | १६ करोड ४ लाख ३५ हजार |
१५ | जय दुर्गा प्लाष्टिक उद्योग | ५६ हजार |
१६ | एजी हेल्थ इन्डस्ट्रिज | ६१ हजार |
१७ | विनायक स्पात प्रालि | ०० |
१८ | युनाईटेड सिमेन्ट | ९ करोड ९ लाख ४७ हजार |
१९ | यशोधा फुड्स | ३ लाख ४० हजार |
२० | एसआर फुड्स | १ करोड १८ लाख ८३ हजार |
२१ | अर्घाखाँची सिमेन्ट | ३५ करोड ८८ लाख ८६ हजार |
२२ | विशाल सिमेन्ट इन्स्डस्ट्री | २ करोड ६८ लाख २० हजार |
२३ | सोना पोलिमर्स इन्डस्ट्रीज | २ लाख ७७ हजार |
२४ | नेशनल रबर इन्ड्स्ट्रिज | ४७ हजार |
२५ | सिद्धार्थ पेट प्लाष्ट इन्ड्स्ट्रिज | १ करोड ४६ लाख २९ हजार |
२६ | न्यु नारायण रबर इन्ड्स्ट्रिज | ८ लाख २० हजार |
२७ | रिलायन्स स्पेनिङ मिल्स | ६० करोड २९ लाख ४७ हजार |
२८ | नव नेपाल प्लाष्टिक | १ लाख ६४ हजार |
२९ | रोल्पा सिमेन्ट | ७९ लाख १ हजार |
३० | श्री निगाले सिमेन्ट | ४ करोड ६३ लाख ९६ हजार |
३१ | श्री शिवम सिमेन्ट लिमिटेड | ५२ करोड ६८ लाख ३६ हजार |
३२ | श्याम प्लाष्टिक्स | ३९ लाख २७ हजार |
३३ | सोना प्याकेजिङ | २ लाख ८४ हजार |
३४ | सोनापुर मिनरल्स एण्ड वेल प्रालि | १९ करोड ४३ लाख ९९ हजार |
३५ | श्री स्टिल इन्डस्ट्रिज | १२ लाख ९९ हजार |
३६ | सुप हवाई कार्यालय | ४१ लाख ८५ हजार |
३७ | सुभ लक्ष्मी पोलिमर्स | ३ लाख २ हजार |
३८ | सूर्य नेपाल | ३ करोड १७ लाख ९५ हजार |
३९ | त्रिवेणी स्पिनिङ मिल्स | २५ करोड ६७ लाख ८९ हजार |
४० | त्रिवेणी यार्न | ३ करोड ३६ लाख ६९ हजार |
४१ | नारायणी स्पात प्रालि | ०० |
४२ | सिद्धी लक्ष्मी स्टिल | ०० |
४३ | पञ्चकन्या स्टिल इन्डस्ट्रिज | ४१ लाख ७५ हजार |
४४ | बाबा जुट मिल | १ करोड ९९ लाख ४१ हजार |
४५ | रघुपति जुट मिल | ६ करोड ८१ लाख १२ हजार |
४६ | बुटवल सिमेन्ट | १४ करोड ७६ लाख ३९ हजार |
४७ | अरिहन्त पोलिप्याक | ५ करोड २९ लाख ९७ हजार |
४८ | अरिहन्तमल्टी फाइबर | ९ करोड २२ लाख ३७ हजार |
४९ | हेटौंडा सिमेन्ट | ३० करोड ३२ लाख ९० हजार |
५० | पञ्चकन्या प्लाष्टिक | १९ लाख ७१ हजार |
५१ | शुभ श्री अग्नी सिमेन्ट प्रालि | ७९ लाख ५ हजार |
५२ | मारुती सिमेन्ट प्रालि | ४५ करोड ६६ लाख १७ हजार |
५३ | सर्वोत्तम सिमेन्ट | ९ करोड ५७ लाख ९ हजार |
५४ | जगदम्बा इन्टरप्राइज | ०० |
५५ | लक्ष्मी स्टिल | १९ करोड ३ लाख ४४ हजार |
५६ | सिता फुड इन्डस्ट्री | ०० |
५७ | एभरेष्ट पेपर मिल | ७ करोड ७ लाख ९४ हजार |
५८ | उदयपुर सिमेन्ट उद्योग | ३५ करोड २ लाख ५९ हजार |
५९ | जिबी टेक्सटायल (५८२) | ११ लाख २९ हजार |
६० | नेपाल टेलिकम | ८ लाख १९ हजार |
६१ | सम्राट सिमेन्ट | ३ करोड २ लाख १९ हजार |
जम्मा | ६ अर्ब ६० करोड ७८ लाख ५९ हजार |
यी कम्पनीको प्राधिकरणले अन्तिम अवधिको बक्यौता देखाएर अघिल्लो पल्ट लाइन काटेको थियो । यी सबै कम्पनीको लोडसेडिङ अन्त्य भएपछि मात्रैको बक्यौत थियो । लोडसेडिङ अन्त्य भएपछिको विनायक स्पातको १३ करोड ३१ लाख बक्यौता रहेको भन्दै प्राधिकरणले बिल पठाएको थियो ।
जगदम्बा इन्टरप्राइजेजको १६ करोड ८५ लाख रुपैयाँ, सिता फुड इन्डस्ट्रिजको ४ लाख रुपैयाँ, नारायणी स्पात २१ करोड ९५ लाख रुपैयाँ र सिद्धी लक्ष्मी स्टील १ करोड ७६ लाख रुपैयाँ बक्यौता रहेको भन्दै प्राधिकरणले बिल पठाएको थियो । यस्ता उद्योगहरुको हिसाब लेखांकन गरी असुल उपर गर्नु नपर्ने रकम यकिन गरी ग्राहक खातामा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको छ । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो । प्राधिकरणले दिएको समय सोमबार सकिएपछि लाइन काट्न थालेको हो ।
डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले बुधबार राती ९ बजे जगदम्बा सिन्थेटिक र हुलास स्टीलको लाइन काटिदिएको छ।
प्राधिकरणका अनुसार जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख रुपैयाँ र हुलास स्टीलको ११ करोड २९ लाख रुपैयाँ बक्यौता छ । प्राधिकरणले योसँगै ५ वटा उद्योगको लाइन काटेको छ ।
मंगलबार प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ रअर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता छ । यो रकममा थप २५ प्रतिशत जरिवानसहितको बिल प्राधिकरणले उद्योगीहरुलाई पठाएको छ ।
प्राधिकरणले अरु उद्योगको समेत लाइन काट्दैछ । बक्यौता नरहेका कारण पाँच उद्योगको भने लाइन काटिने छैन् ।
मंगलबार उद्योगीहरुले पत्रकार सम्मेलन आयोजना गरेका थिए । प्राधिकरणले लाइन काट्ने तयारी गरेको जानकारी पाएपछि उनीहरुले पत्रकार सम्मेलन गरेका हुन् । उनीहरुले न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर नेपाल विद्युत प्राधिकरणले तर्साउने र धम्काउने काम गरेको भन्दै आपत्ति जनाए । उनीहरुले सर्वोच्चका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।
SHARE YOUR THOUGHTS