![](https://internal.appharu.com/wp-content/uploads/2024/07/kp-pm.png)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उपस्थित भएनन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा सोमाबार मध्याह्न शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री र सबै शीर्ष नेता उपस्थित भए पनि माधव नेपाल भने नदेखिएका हुन् ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई पुगेका छन् ।
प्रधानमन्त्रीलाई बधाई दिन प्रचण्ड, देउवा, भट्टराई, खनाल उपस्थित भएका थिए ।
एमालेबाट अलग भएपछि माधव नेपाल अहिलेसम्म ओलीको कार्यक्रममा सहभागी भएका छैनन् भने दुई नेताहरूबीचको सम्बन्धमा अझै सुधार आउन सकेको छैन ।
SHARE YOUR THOUGHTS