सौर्य एयरको विमान दुर्घटना: उपचाररत पाइलट शाक्यको प्रतिक्रिया- अल गुड ! « Eglish Khabarhub

सौर्य एयरको विमान दुर्घटना: उपचाररत पाइलट शाक्यको प्रतिक्रिया- अल गुड !


१० श्रावण २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

दुर्घटनास्थलबाट उद्धार गरिँदै गरेका पाइलट मनिषरत्न शाक्य ।

काठमाडौं । बुधबार बिहान सौर्य एयरको विमान दुर्घटना हुँदा पाइलट मनिषरत्न शाक्य मात्रै बाँच्न सफल भए । उनको अनुहार लगायत शरीरका विभिन्न अंगमा चोट लागेको छ । उपचाररत पाइलटलाई उपचारपछि पनि केही दिन चिकित्सकहरुको निगरानीमा राखिने बताइएको छ ।

१९ जना सवार विमान दुर्घटना हुँदा एक पाइलट मात्रै कसरी बाँचे भनेर आम मानिसहरुले अहिले सामाजिक सञ्जालमा चासो देखाइरहेका छन् । पाइलट शाक्य भने अस्पतालमा उपचारपछि चिकित्सक र अन्य व्यक्तिहरुसँग सीमित कुराकानी गर्न थालेका छन् ।

कसरी बाँचे पाइलट ?

दुर्घटनामा १८ जनाले ज्यान गुमाउँदा पाइलट मात्र कसरी बाँच्न सफल भए भनेर सर्वसाधारणले विभिन्न खालका अनुमानन गरिरहेका छन् । उद्धारमा खटिएको सुरक्षा निकालयले उनलाई विमानको भाँचिएको ककपिटबाट उनलाई कन्टेनरभित्रबाट उद्धार गरेको थियो ।

सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उपचाररत पाइलट शाक्यले आफू ठिक भएको उल्लेख गरेको बीबीसी नेपालीले जनाएको छ ।

स्वास्थ्यकर्मीले गुडाउन मिल्ने शय्यामा शल्यक्रिया कक्षतर्फ बढाउँदै गर्दा शाक्यले दाहिने हात उठाएर अभिवादन गरेको समाचारमा उल्लेख गरिएको छ ।

‘अल गुड (सबै ठिक छ)?’ भनेर आफन्तले टाढैबाट उनको अवस्थाबारे चासो राख्दा शाक्यले हात उठाउँदै भने, ‘एस, एस (हो, ठिक छु)।’

यसबीचमा प्रधानमन्त्री केपी ओली पनि उनलाई बुधबार साँझ अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री ओलीले घाइते पाइलट मनीष रत्न शाक्यलाई भेटेपछि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै चिकित्सक र उनका परिवारसँग शाक्यको अवस्थाबारे जानकारी लिएको बताए ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘अब यस्तो कहिल्यै नहोस् ! बिहानको हवाइ दुर्घटनामा परी घाइते हुनुभएका क्याप्टेन मनीषरत्न शाक्यको स्थिति बुझ्न केही बेर अगाडि केएमसी अस्पतालमा पुगेर फर्किएँ । उहाँलाई आईसीयूमा उपचार गरिएको छ । चिकित्सक र परिवारजनसँग उहाँको अवस्थाबारे जानकारी लिएँ । उहाँ खतरामुक्त हुनुहुन्छ ।’

विमान दुर्घटनाको क्रममा दुई टुक्रा भएको थियो । विमानको ककपिटको एउटा टुक्रा कन्टेनरमा बज्रिन पुगेको थियो र बाँकी भाग तल तिरको खाली ठाउँमा पुगेको थियो ।

सुरक्षाकर्मीहरुले पाइलटलाई ककपिटबाट उद्धार गरेको प्रतिक्रिया दिएका छन् । त्यस क्रममा उनको अनुहार रगताम्ये भएको थियो ।

ककपिटबाट उनलाई उद्धार गर्ने क्रममा आफूहरुले स्वास फेर्न गाह्रो भएर निस्सासिँदै गरेको अवस्थामा देखेको सुरक्षाकर्मीहरुले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले पनि पाइलट शाक्यलाई कन्टेनरभित्रको जहाजको ककपिटबाट निकालेको जानकारी दिए ।

‘विमान दुर्घटनामा परेको १० मिनेटभित्रै हामीले उहाँलाई उद्धार गरेर अस्पताल लगेका हौं,’ झाले भने, ‘कन्टेनरभित्र विमानको भागबाट निकालिएको हो । त्यतिबेला सम्म त्यहाँ आगो आइपुगेको थिएन । विमानको बाँकी भाग अलिक पर पुगेको थियो र त्यहाँ आगो लागेको थियो ।’

यद्यपि पाइलटले दुर्घटनाबारे प्रतिक्रिया दिएका छैनन् । सरकारले बुधबार साँझ नै दुर्घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । विज्ञहरुले भने ब्ल्याक बक्स अवलोकनपछि विस्तृतमा भन्न सकिने बताएका छन् ।

सौर्य एयर दुर्घटना: नियामकको लापरवाहीले समयमै उद्दार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै

नेपालमा किन भइरहन्छन् विमान दुर्घटना ? अहिलेसम्म ६८ दुर्घटना

विमान दुर्घटनाका घाइते पाइलटलाई भेटेपछि प्रधानमन्त्रीले भने: अब यस्तो कहिल्यै नहोस् !

विमानस्थलभित्रै १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरको कहालीलाग्दो दुर्घटनाको नालीबेली

विमान दुर्घटना: टिचिङ अस्पतालमा शव परीक्षण सुरू, एक जनाको शव पत्ता लगाउन ४ घण्टा लाग्ने

क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, भक्तपुरमा बुवा आमा भावविह्वल

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार ००:००  ११ : ३७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping