![](https://internal.appharu.com/wp-content/uploads/2024/07/skywell.jpg)
एजेन्सी । चिनियाँ विद्युतीय गाडी स्काइवेलको स्काइवर्थ ईभी ६ ले चिनियाँ सी एनसीएपी सुरक्षा तथा क्र्यास टेस्टमा १ स्टार मात्रै प्राप्त गरेको छ । यसको नतिजा यति खराब किन भयो ? स्काइवेल ईटी ५, इम्पेरियम एसईभी वा एलारिस बीईओको नामले पनि चिनिने यो सवारी चलाउन किन यति खतरनाक छ ?
स्काइवर्थ ईभी ६
स्काइवर्थ ईभी ६ पूर्णतया विवादमा तानिएको कार हो । यो सवारीको सर्ट स्टोरी पनि पूर्ण रुपमा संकास्पद घटनाले भरिएको छ। यो एक एनईभी ब्रान्ड हो । जसलाई बस निर्माता नानजिङ गोल्डेन ड्रागन बस र ईभी स्काइवर्थबीचको सहकार्यबाट स्थापित कम्पनी हो । प्रारम्भिक चरणमा यो विद्युतीय सवारी सकाइवेलको नामबाट सार्वजनिक गरिएको थियो । जवकि चाइनाको पहिलो ईभी स्काइवेल ईटी ५ हो ।
पछि यो ब्रान्डको नाम स्काोवर्थ अटो राखियो । र स्काइवेल ईटी ५ ले स्काइवर्थ ईभी ६ को रुपमा नाम फेर्यो । जवकि विदेशी निर्माताबीच यो ईभीलाई अरु धेरै नामले चिनिन्छ । जस्तै, टर्की र युएईलगायतका देशहरुमा स्काइवेल ईटी ५ भनिन्छ भने जर्मनीमा यसलाई एलारिस बीईओ भनिन्छ । साथै अमेरिका र क्यानडामा यसलाई इमेरियम एसयुभी भनिन्छ ।
स्काइवर्थ ईभी ६ भनेको के हो
यो २८०० एमएमको ह्विलबेस रहेको ४६९८/१९०८/१९९६ एमएम डाइमेन्सनसहितको मध्यम आकारको एसयुभी हो । यस्तै यसको फ्रन्ट एक्सलमा १५० किलोवाट (२०४ एचपी) र ३२० एनएमका लागि एक सिंगल इलेक्ट्रोनिक मोटर हुन्छ ।
ब्याट्रीका लागि भने ईभी ६ सँग ३ अप्सन हुन्छन् । इन्ट्री लेबल ट्रिममा ५२ किलोवाट र ४०२ किमी एनईडीसी रेन्जको ब्याट्री पनि उपलब्ध छ । यस्तै एनईडीसी रेन्जको ५२० किमीका लागि ७२ किलोवाट प्याक उपलब्ध छ । यस्तै ६२० किमीका लागि ८६ किलोवाट ब्याट्री उपलब्ध हुन्छ ।
यस्तै यो गाडीको मूल्य न्यूनतम २१ हजार ७ सयदेखि ४१ हजार ४ सय ५० अमेरिकी डलर पर्छ । यसरी हेर्दा यो आम रुपमा सस्तो गाडी हैन । तर विदेशी निर्माताहरुले यो गाडीलाई सेमी ल्गजरी सवारीको रुपमा पनि बिक्री गर्छन् ।
यसवाहेक स्काइवर्थ ई६ को क्र्यास टेस्ट रिजल्ट
यसको दुर्घटना तथा सुरक्षा सम्बन्धी कार्यसम्पादन मूल्यांकनको नतिजाको कुरा गर्दा यसलाई सी-एनसीएपीले निगरानी गरेको हुन्छ । सी-एनसीएपी चाइना अटोमेटिभ टेक्नोलोजी एन्ड रिसर्च सेन्टर अन्तर्गत २००६ मा गठन गरिएको सुरक्षा र दुर्घटना कार्यसम्पादन मूल्यांकन कार्यक्रम हो ।
हाल यो युरो एनसीएपी कार्यक्रम नजिक छ । सी-एनसीएपी सुरक्षा परीक्षणको शुन्यदेखि १ सय प्रतिशत अन्तर्गत परिणामको प्रतिशतका आधारमा स्टारहरु दिने गरिन्छ । यसरी सी एनसीएपी परीक्षण अन्तर्गत विशेषगरी सवारीमा बस्ने, जोखिमयुक्त सडक प्रयोगकर्ता र सुरक्षा सहायता कार्यहरु समावेश हुने गर्छ ।
३१ हजार ५६० अमेरिकी डलरको स्काइवर्थ ईभी ५२० स्मार्टलाई सी एनसीएपी मार्फत परीक्षण गरिएको छ । स्काइवर्थ ईभी ५२० स्मार्ट भर्सनमा महत्त्वपूर्ण सेल्फ ड्राइभिङ प्रविधिहरु भएकाले पनि यो भर्सन परीक्षणका लागि छनोट गरिएको थियो । जवकि यो भर्सनमा प्रयोग भएका प्रविधि परीक्षणका लागि आवश्यक पर्ने बताइन्छ ।
जसअन्तर्गत सवारी सुरक्षामा स्काइवर्थ ईभी ६ ले ३८.५ प्रतिशत मात्र अंक पाएको छ। जवकि फ्रन्टल इम्प्याक्टहरु भने त्यति खराब नरहेको बताइएको थियो । फुल वाइड अवरोधका कारण यो गाडीले २४ मध्ये १३ अंक हासिल गरेको छ । यस्तै स्काइवर्थ ईभी६ का ए पिलरहरु भने बिग्रिएका थिएनन् । जवकि अकुपेन्ट्सको हकमा केही क्षति भएको देखियो । यस्तै बी पिलर क्याबिनमा धेरै टाढा भएको थियो ।
यसरी ईभी६ ले जम्मा १६ मा ० स्कोर गरेको छ । यस्तै जोखिमयुक्त सडक प्रयोगकर्ताको सुरक्षामा भने स्काइवर्थ ईभी६ ले ६१.५ प्रतिशत अंक पाएको थियो । जुन सामान्यतया खराब नतिजा मानिदैन । तर सुरक्षा सहायता कार्यमा भने यो पछाडि पर्यो । ईभी ६ ले एईबी, एलकेए र अन्य विधिमा कमजोर प्रदर्शन गरेकाले परीक्षणको क्रममा कुल ३० प्रतिशत मात्रै स्कोर गरेको छ ।
अन्तत टेस्ट परीक्षणबाट स्काइवर्थ ईभी६ खतरनाक सवारीको रुपमा चिनिएको छ । यसको स्वचालित ड्राइभिङ फङसन पनि पुरानो भएको र यसको बडी पनि जोखिमयुक्त रहेको परीक्षणबाट सार्वजनिक भएको हो । यसरी सी-एनसीएपीले यस सवारीलाई अझै धेरै काम गर्नुपर्ने सुझाव दिँदै रेटिङ गरेको छ । (कारन्युनचाइनाबाट)
SHARE YOUR THOUGHTS