![](https://internal.appharu.com/wp-content/uploads/2024/06/gold_sun3-768x403.png)
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।
तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज एक लाख ४४ हजार निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० ले घटेको छ । बिहीबार प्रतितोला एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय निर्धारण भएको छ ।
SHARE YOUR THOUGHTS