काठमाडौं । बुधबार हुने भनिएको मन्त्रिहरुको हेरफेर नहुने भएको छ । धेरैको आँकलन विपरीत आज हुने भनिएको मन्त्रिहरुको हेरफेरमा कुनै छलफल नभइ पार्टी सञ्चालनको कार्यकारी अधिकार नेकपा अध्यक्ष प्रचण्डलाई दिएर बैठक टुंगियो ।
बैठकपछि नेकपाका प्रवक्ता नारायाणकाजी श्रेष्ठले ५ वर्ष प्रधानमन्त्री केपी शर्मा ओली नै हुने र पार्टीको नेतृत्व प्रचण्डले गर्ने निर्णय भएको जानकारी दिए ।
अबको पार्टीको बैठकको अध्यक्षता पनि अध्यक्षकता हैसियतले प्रचण्डले गर्नेछन् । यसअघि ओलीले गर्दै आएका थिए ।
यद्यपि पार्टी सञ्चालनका विषयमा भने दुबै अध्यक्षले सहमतिका आधारमा निर्णय गर्ने श्रेष्ठले जानकारी दिए ।
मन्त्री हेरफेरको विषय प्रधानमन्त्रीको विशेषाधिकार भएको जानकारी दिँदै प्रधानमन्त्रीले यसअघि नै मन्त्री हेरफेर हुन्छ भनिसकेकाले तत्कालै मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताए ।
SHARE YOUR THOUGHTS