प्रभु बैंकले पिङ्गलास्थानमा शाखा खोल्यो « Eglish Khabarhub

प्रभु बैंकले पिङ्गलास्थानमा शाखा खोल्यो




काठमाडौं । प्रभु बैंकले शाखा विस्तार गर्ने क्रममा काठमाण्डौं महानगरपालिकाको गौशालास्थित पिङ्गलास्थानमा नयाँ शाखा सञ्चालन गरी कारोबार शुरु गरेको छ । यो बैंकको १९७ औं शाखा हो ।

बैंकको पिङ्गलास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले उदघाटन गरेका छन् ।

बैंकको पिङ्गलास्थान शाखा कार्यालयको उदघाटन गर्दै प्रमुख अतिथी डा. प्रदिप ढकालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । साथै उनले प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै प्रभु बैंकलाई सफलताको लागि शुभकामना व्यक्त  गरे ।

बैंकको पिङ्गलास्थान शाखा कार्यालय उदघाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Publish on: