काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई संख्या तोकेर सहुलियतपूर्ण कर्जा दिन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म ‘क’ वर्गका वाणिज्य बैंकलाई ५ सय ‘ख’ वर्गका विकास बैंकलाई २ सय र ‘ग’ वर्गका वित्त कम्पनीलाई न्यूनतम १०० वटा कर्जा दिन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा सरकारले प्रदान गर्ने अनुदान राष्ट्र बैंकले नै उपलब्ध गराउने जनाएको छ ।
‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बमोजिम कर्जा प्रवाह गरी सरकारबाट पाउने ब्याज अनुदान बापतको रकमलाई पुँजीकोष अनुपात गणना प्रयोजनका लागि शुन्य प्रतिशत जोखिम भार प्रदान गर्ने समेत राष्ट्र बैंकले जनाएको छ ।
कार्यविधिमा उल्लिखित सहुलियतपूर्ण कर्जाहरु मध्ये कृषि तथा पशुपन्छी कर्जा बाहेक अन्य कर्जा शीर्षकमा ग्रामीण इलाकालाई प्राथमिकतामा राख्नु पर्ने जनाएको छ । कृषि, पशुपन्छि, घरेलु तथा साना उद्योग, कपडा उद्योग, सार्वजनिक यातायात लगायत ७ शिर्षकमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था रहेको छ ।
SHARE YOUR THOUGHTS