सानिमा बैंकका कार्ड प्रयोगकर्तालाई ब्लु क्रस अस्पतालमा १० प्रतिशत छुट « Eglish Khabarhub

सानिमा बैंकका कार्ड प्रयोगकर्तालाई ब्लु क्रस अस्पतालमा १० प्रतिशत छुट



काठमाडौं । सानिमा बैंकका ग्राहकले ब्लु क्रस अस्पतालमा सहज रुपमा नै कार्डमार्फत् भुक्तानी गर्न सक्ने भएका छन् ।

बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पतालको साझेदार रहेका नेपालका विभिन्न अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न गरी बैंक र अस्पतालले सम्झौता गरेका छन् । साथै बैंकका ग्राहकले कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

बैंक र अस्पतालबीच स्वास्थ्य भएको सेवा सुविधा सम्बन्धी सम्झौता बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ, विक्रम श्रेष्ठ र अस्पतालको तर्फबाट सदस्य सचिव कार्यकारी व्यवस्थापन समिति रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको ब्लु क्रस अस्पताल लिमिटेड, काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित छ ।

Publish on: