काठमाडौ । गृहमन्त्राले काठमाडौं महानगरभित्रका अनधिकृत होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको भोलिपल्टै काठमाडौं महानगरपालिकाले धमाधम होर्डिङ बोर्ड हटाउन थालेको छ ।
गृहमन्त्री रामबहादुर थापाले बिहीबार काठमाडौं महानगरभित्रका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएका थिए । शुक्रबारदेखि महानगरले अनाधिकृत रुपमा टाँगिएका होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो ।
महानगरको प्रहरीको टोलीले माइतीघर, तीनकुने र टुकेस्थित अनधिकृत रुपमा टाँगिएका होर्डिङ बोर्ड शुक्रबार हटाएको हो ।
SHARE YOUR THOUGHTS