मुलुक

सामाजिक सुरक्षा कोषमा जान जबरजस्ती गरे बैंक तथा वित्तीय संस्थाका कर्मचारीले आन्दोलन गर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले आफूहरुको माग सम्बोधन नगरी सामाजिक सुरक्षा योजना बैंक तथा वित्तीय क्षेत्रमा लागू गर्न खोजे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय समितिका अध्यक्ष पदरमराज रेग्मीले हालै नेपाल राष्ट्र बैंकले योगदानमा आधारित साामजिकसुरक्षा योजना लागू गर्न जारी गरेको निर्देशिका जबरजस्ती लागू गर्न खोजिएको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

‘खाइपाइआएको सेवा सुविधा समेत कटौती हुने गरी अव्यवहारिक तरिकाले सामाजिक सुरक्षा योजना लागू गर्न खोजिए आन्दोलनमा जानुको विकल्प छैन,’ अध्यक्ष रेग्मीले भने ।

सामाजिक सुरक्षा योजनामा जाँदा यस क्षेत्रमा कार्यरत कर्मचारीले पाइरहेको सेवा सुविधाहरुको सुरक्षा ग्यारेन्टी गरेर मात्र सामाजिक सुरक्षा योजनामा सहभागी हुने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

संघका वरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनालले निर्देशिका अबिलम्ब फिर्ता गरी काुननी र व्यवहारिक जटिलतालाई सहज तथा अनुकूल बनाएर मात्र लागू गर्न सरकार तथा नियामक निकायसँग माग गरे ।

आफूहरु सामाजिक सुरक्षा योजनाको विरोधीनभएको तर यसको व्यवहारिक पक्षतर्फ ध्यान दिनुपर्ने बताए । उनले ९ बुँदे अपिल सार्वजनिक गर्दै त्यसको सम्बोधन भएपछि मात्र लागू गर्न माग गरे ।