मेलम्ची ल्याउन सहयोग गर्न ४ मन्त्रालयलाई समितिको निर्देशन « Eglish Khabarhub

मेलम्ची ल्याउन सहयोग गर्न ४ मन्त्रालयलाई समितिको निर्देशन



काठमाडौं । विकास तथा प्रविधि समितिले मेलम्चीको खानेपानी ल्याउनको लागि ४ वटा मन्त्रालयलाई सहयोगको लागि निर्देशन दिएको छ ।

समितिले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा सडक, विद्युत्, खानेपानी र सिँचाइलगायतका स्थानीय समस्या तत्काल समाधानको प्रक्रिया अघि बढाउन उर्जा, जलस्रोत तथा सिँचाई, अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले खानेपानी आयोजनाका स्थानीय भेन्डर र सप्लायर्सको समस्या पहिचान र समाधानका लागि गठित प्राविधिक समितिको प्रतिवेदन तत्काल बुझाउन र कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र खानेपानी मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।

समितिले आयोजनाको प्रतिफल बाँडफाडको नीतिगत टुंगो लगाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले पछिल्लो पटकको ठेक्का रद्द भएपछि आयोजनाको अधिनमा आएको विभिन्न निर्माण सामग्रीमध्ये अहिले त्यहाँको गिट्टी बालुवालगायतका उपभागयोग्य सामग्रीहरुको प्रयोग गरी सदुपयोग गर्न र त्यसबाट स्थानीय गिट्टी बालुवाका आपूर्तिकर्ताको बक्यौता भूक्तानी गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ ।

Publish on: