एभरेष्ट बैंकको नयाँ ब्याजदर, कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ? « Eglish Khabarhub

एभरेष्ट बैंकको नयाँ ब्याजदर, कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?



काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति तर्फ संस्थागतमा ८.५० र व्यक्तिगत तर्फ ९.२५ प्रतिशत ब्याज रहेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचत तर्फ बैंकले सबैभन्दा बढी ६ र सबैभन्दा कम ४ प्रतिशत रहेको छ । हाल बैंकले ३० वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार कात्तिक मसान्तसम्मको आधार दर ८.५२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकबाट टर्म लोन, फिक्स लोन लिँदा १६.०२ प्रतिशत ब्याज लाग्ने छ । यस्तै बैंकबाट हाउजिङ लोन लिँदा १५.७७ प्रतिशत ब्याज लाग्ने छ । यता शैक्षिक धितोकर्जा लिँदा १५.५२ प्रतिशत ब्याज लाग्ने छ । यस्तै सेयर धितोकर्जा लिँदा १५.२७, भेहिकल लोन लिँदा १५.२७, ब्याज लाग्ने बैंकले जनाएको छ ।

Publish on: