कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा छोम्रोंगमा « Eglish Khabarhub

कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा छोम्रोंगमा



काठमाडौं । कुमारी बैंकले कास्कीको छोम्रोंगमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । तमु ल्होसारको अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरेका छन् ।

उद्घघाटन समारोहमा शाखारहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद– राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

बैंकले कास्की जिल्लामा ३ शाखाहरु – पोखरा, लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताएका छन् । बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पोस मेसिन जडान गरिसकेको छ ।

विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकल देशभर रहेका ११९ शाखा संजाल, ११५ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिदैँ आएको छ ।

Publish on: