काठमाडौं । माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ बर्ष २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गरि डेबिट तथा क्रेडिट कार्डमा ५ सय रुपैयाँसम्मको क्यासव्याक अफर ल्याएको छ ।
बैंकले नेपालभित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५ सय रुपैयाँ क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो ।
उक्त योेजना अनुसार ग्राहकले माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा ५ सय बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि ५ सय रुपैयाँ फिर्ता पाउनेछन् ।
त्यसैै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसल लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा ५ सय बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना रु ५०० क्यास व्याक सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । माछापुच्छ«े बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रवरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो ।
SHARE YOUR THOUGHTS