काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौं स्थित होटल डेल अन्नपुर्णबीच विभिन्न सुविधामा छुट दिने सम्झौता भएको छ ।
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने उद्दश्यले सम्झौता गरेको जनाएको छ । सम्झौता अनुसार बैंैकका ग्राहकले होटल डेल अन्नपुर्णका साथै सो होटल अन्र्तगत जगतपुर लज, चितवन तथा फिशटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट वा डेबिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १५५ सम्मको छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले हस्ताक्षर गरेका छन् ।
SHARE YOUR THOUGHTS