काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आइतबार उकासिएको छ ।
अहिलेसम्म परिसूचक ३५ अंकले उकालो लागेको छ । ८१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
धेरैपछि सेयर बजारमा उछाल आएको छ । सेयर बजारमा अहिलेसम्म कारोबार भएका १७० कम्पनीको सेयरमा ७ वटा बाहेक सबै कम्पनीको सेयर मूल्य उकासिएको छ ।
पुस मसान्तमा मार्जिनकलबाट बच्न र पछिल्लो समय बैंकको ब्याजदर समेत घट्न थालेपछि सेयर बजार बढेको अनुमान गरिएको छ ।
SHARE YOUR THOUGHTS