सोमबारदेखि बुधबारसम्म वर्षा हुने

काठमाडौं । सोमबारदेखि बुधबारसम्म देशका विभिन्न भागमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशका पहाडी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू(भागहरुमा हुस्सुरकुहिरो लाग्ने सम्भावना छ ।

त्यस्तै, रातिको समयमा देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भई अन्य भू्(भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

त्यस्तै मंगलबार दिउँसो देशका पश्चिमी भू(भागमा सामान्य बदली भई अन्य पहाडी भू्(भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

मंगलबार राति देशका पश्चिमी भू(भागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

भने बुधबार दिउँसो देशका पश्चिमी भू(भागमा आंशिक देखि सामान्य बदली भई अन्य भू्(भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ । भने बुधबार राति देशभरको मौसम सामान्यतया सफा रहनेछ ।