काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्यो योजना अनुरुम अब १० वटा स्थानीय तहमा मात्रै शाखा पुग्न बाँकी रहेको छ ।
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले ७ सय ४३ स्थानीय तहमा शाखा विस्तार गरिसकेको राष्ट्र बैंकको गत मंसिर मसान्तसम्मको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मुुलुकको वर्तमान आर्थिक तथा वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ५ महिनाको विस्तृत प्रतिवेदन अनुसार ७ वटा प्रदेशका ७५३ स्थानीय तहमध्ये वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी १० वटा मात्रै स्थानीय तह बाँकी छन् ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा ७ वटै प्रदेश मध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा १३७ स्थानीय तहमध्ये १३६, वटामा, प्रदेश २ को १३६ स्थानीयमध्ये १३५ वटामा, बागमती प्रदेशमा रहेका ११९ स्थानीय तहमध्ये ११७ वटामा, गण्डकी प्रदेशको ८५ स्थानीय तहमध्ये ८४ वटामा, प्रदेश ५ का १०९ स्थानीय तहमध्ये सबै स्थानीय तहमा, कणाली प्रदेशको ७९ स्थानीय तहमध्ये ७८ र सुदुर पश्चिम प्रदेशको ८८ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ ।
हाल नेपालमा २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंकले वित्तीय कारोबार गरिरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८ हजार ६८६ रहेकोमा २०७६ मंसिर मसान्तमा ९ हजार २९७ पुगेको छ ।
यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १५.६ प्रतिशतले बढेको छ ।
२०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.१ प्रतिशत, ३२.० प्रतिशत र ४९.१ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.८ प्रतिशत, ३३.४ प्रतिशत र ४७.५ प्रतिशत रहेको थियो । समीक्षा अवधीमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.४ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधीमा यस्तो निक्षेपको अंश ४५.१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १५ प्रतिशतले बढेको छ ।
२०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
२०७५ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.३ प्रतिशत र १४.६ प्रतिशत रहेको थियो । .समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.० प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ११.१ प्रतिशत, ओभरड्राफ्ट कर्जा २.१ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ४.९ प्रतिशत, डिमान्ड तथा चालु पँुजी कर्जा ७.८ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ६.८ प्रतिशत र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ ।
SHARE YOUR THOUGHTS