काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना “केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष” अन्तर्गत न्यूनतम मौज्दात पाँच हजारबाट सुरु गर्न सकिने बैंकले जनाएको छ ।
यस मुद्दती योजना अन्तर्गत ग्राहकले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा र दुई वर्ष समयावधी पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १०० प्रतिशत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।
SHARE YOUR THOUGHTS