काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलमा छुट पाउने भएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने लक्ष्यसहित बैंकले आफ्ना खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहक तथा संस्थापक सयेर धनिलाई सहुलियत प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंैकको खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहक तथा बैंकका संस्थापक सयेरधनीले होटलको रुम बुकिङ, फुड एण्ड बेभेरेज, स्पा, स्वीमिङ पुललगायत सम्पूर्ण सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र होटल निर्वाणा लक्जरी इन्टरनेशनल प्रालिका महाप्रवन्धक सुनिल श्रेष्ठले हस्ताक्षर गरे ।
SHARE YOUR THOUGHTS