काठमाडौं । कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १७ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैकले नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगतमा ९.२५ प्रतिशत र संस्थागतमा ८.५० प्रतिशतदेखि ८.६० प्रतिशतसम्म ब्याज तोकेको छ । बैंकले १९ वटा बचत सञ्चालन गरिरहेको छ । अधिकांश बचत खातामा बैंकले ५.५० प्रतिशत र ६.५० प्रतिशत ब्याजदर तोकेको छ । युएसडी सेभिङ अकाउण्टमा भने २.५० ब्याजदर तोकेको छ ।
बैंकको पुस मसान्तको बेसरेट १०.४५ प्रतिशत र स्प्रेडदर ४.३७ प्रतिशत रहेको छ । बैंकले हाल १७ प्रकारका कर्जा दिइरहेको छ । जसमा ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा १६.४५ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।
त्यस्तै, बैंकले होम लोन अटो लोन, र एजुकेशन लोनमा १८.४५ प्रतिशत, अन्य कर्जामा १६.४५ प्रतिशत ब्याज तोकेको छ ।
SHARE YOUR THOUGHTS