५ नम्बर प्रदेशले गर्न लागेको लगानी सम्मेलनमा बैंकर्स संघले सहयोग गर्ने « Eglish Khabarhub

५ नम्बर प्रदेशले गर्न लागेको लगानी सम्मेलनमा बैंकर्स संघले सहयोग गर्ने



काठमाडौं । नेपाल बैकर्स संघले ५ नम्बर प्रदेशले गर्न लागेको लगानी सम्मेलनलाई नेपाल बैकर्स संघले सहयोग गर्ने भएको छ ।

नेपाल बैंकर्स संघको आज बसेको बैठकमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको उपस्थितीमा प्रदेशले आयोजना गर्न लागेको “लगानी सम्मेलन” तथा विविध आर्थिक गतिविधिहरुका बारेमा छलफल गरेको छ ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेल प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनका बारेमा अवगत गराएका प्रदेश नं ५ मा भएका विविध लगानीका अवसरहरु तथा परियोजनाहरुका बारेमा समेत जानकारी गराएका थिए ।

प्रदेश नं ५ आर्थिक, औद्योगिक, पर्यटकिय, कृषि, आदिमा प्रचुर सम्भावना बोकेको प्रदेश हुनाले यस प्रदेश मुलुकको आर्थिक हब समेत बन्न सक्ने सम्भावना भएको धारणा व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले प्रादेशिक स्तरमा बैंकिङ्ग सेवा विस्तार गर्नको निमित्त नेपाल राष्ट्र बैंकले लिएका विविध नीति निर्देशनहरुको बारेमा जानकारी दिए । यस प्रकारको सम्मेलनले वित्तीय साक्षरता तथा बैकिङ्ग पहुँच बढाउन थप मद्दत मिल्ने धारणा व्यक्त गरे ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले प्रदेश सरकारले आयोजना गर्न लागेको सम्मेलनको स्वागत गर्दै बैंकहरुले सो सम्मेलन भव्य सफलताका साथ आयोजना गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै, नेपाल बैंकर्स संघमा आई सम्मेलनका बारेमा जानकारी दिएका हार्दिक कृतज्ञता ज्ञापन गरे ।

प्रादेशिक हिसाबमा लगानी बढाउन तथा वित्तीय पहुँच विस्तार गर्नका निमित्त संघका पदाधिकारीहरुले विभिन्न राय/सुझाबहरु पेश गर्नुका साथै प्रदेश सरकारको आर्थिक मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा नेपाल बैंकर्स संघका प्रतिनिधिहरु सहितको एक कार्यदल गठन गरि अगाडि बढ्न उपयुक्त हुने धारणा समेत पेश गरे ।

Publish on: