लहान सडक डिभिजनका निमित्त प्रमुख साहले लिए ३ लाख घुस, आरोप पत्र दायर « Eglish Khabarhub

लहान सडक डिभिजनका निमित्त प्रमुख साहले लिए ३ लाख घुस, आरोप पत्र दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहान सिराहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साह विरुद्व ३ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

अनुसन्धानको सिलसिलामा साहले सेवाग्राहीले गरेको सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानीको क्रममा ३ लाख रुपैयाँ घुससहित पक्राउ गरेको आयोगले जनाएको छ ।

साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकाले बिगो ३ लाख सहित भ्रटाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

Publish on: