माछापुच्छ्रे बैंकले ल्यायो दुवइको माश्रिक बैंकबाट १० मिलियन डलर « Eglish Khabarhub

माछापुच्छ्रे बैंकले ल्यायो दुवइको माश्रिक बैंकबाट १० मिलियन डलर



काठमाडौं । माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर (१ अर्ब रुपैयाँ भन्दा बढि) नेपाल भित्र्याएको छ ।

यसअघि दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौता अनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात माछापुच्छ्रे बैंकले १ अर्ब रुपैयाँ भन्दा बढि पैसा नेपाल भित्र्याएकोे हो । नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।

बैंकले दुवईस्थित माश्रिक बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने जनाएको छ । नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभाव कम गर्ने बैंकको अपेक्षा रहेको छ ।

Publish on: