काठमाडौं । लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग पद तथा गोपनियताको सपथ लिएका छन् ।
बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरेका घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो ।
नवनियुक्त अध्यक्ष घिमिरे सरकारका पूर्व सचिव हुन् । उनीसँग सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभव रहेको छ ।
SHARE YOUR THOUGHTS