महालक्ष्मी विकास बैंकको नाफा ५४% ले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० करोड ५० लाख ७९ हजार ४४८ रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५४.३५ प्रतिशतले बढी होे ।

गत आवको सोही अवधिमा बैंकको नाफा १९ करोड ७६ लाख ४६ हजार २४० रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा २१ करोड १३ लाख १५ हजार ५९५ रुपैयाँ रहेको छ ।

बैंकको नाफा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि सोही अनुपातमा बढेको देखिएको छ । गत आवको दोस्रो त्रैमासमा ६२ करोड ५८ लाख २९ हजार ७५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ८० करोड ४ हजार २६२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यस्तै बैंकले गत आवको दोस्रो त्रैमासमा २६ करोड २० लाख ७५ हजार ८७२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको सञ्चालन मुनाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा ४२ करोड ७० लाख ८४ हजार ९४९ रुपैयाँ आर्जन गरेको छ ।

३ अर्ब ७ करोड २० लाख ६१ हजार ३२८ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४० करोड ८१ लाख ५६ हजार ७८० रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा ४.४१ प्रतिशतबाट घटेर २.७६ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी १९ रुपैयाँ ८६ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १५२ रुपैयाँ ७६ पैसा रहेको छ ।