एनएमबिको नाफा १ अर्ब ६३ करोड,स्प्रेडदर ५.०३ प्रतिशत « Eglish Khabarhub

एनएमबिको नाफा १ अर्ब ६३ करोड,स्प्रेडदर ५.०३ प्रतिशत



काठमाडौं । एनएमबि बैंकले पुस मसान्तसम्ममा १ अर्ब ६३ करोड रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो वर्ष एनएमबि बैंकको नफा १ अर्ब ८ करोड रुपैयाँ थियो । त्यो बेला बैंकमा ओम डेभलपमेन्ट बैंक गाभिएको थिएन ।

एनएमबि बैंकले पुस मसान्तसम्ममा १ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकमा ९७ अर्ब रुपैयाँ थियो । बैंकले १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्ष ८८ अर्ब रुपैयाँँ कर्जा दिएको थियो ।

बैंकको पूँजीकोष अनुपात १६.०५ प्रतिशत रहेको छ । खराब कर्जा अनुपात अघिल्लो वर्षभन्दा बढेर १.९६ प्रतिशत पुगेको छ ।

७७.५५ प्रतिशत सीसीडी रेसियो रहेको छ । बैंकले पुस मसान्तसम्मको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ११ करोड रुपैयाँ गरेको छ । ११ अर्ब ५२ करोड चुक्ता पूँजी रहेको बैंकको रिजर्बमा ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

Publish on: