गरिमा विकास बैंकको नाफा ३२ करोड हुँदा इपीएस २० रुपैयाँ « Eglish Khabarhub

गरिमा विकास बैंकको नाफा ३२ करोड हुँदा इपीएस २० रुपैयाँ



काठमाडौं । गरिमा विकास बैंकले ३२ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकले अघिल्लो वर्ष पुस मसान्तसम्ममा २९ करोड ५८ लाख रुपैयाँ नाफा गरेको हो । ३३ अर्ब ७३ करोड रुपैयाँ निक्षेप रहेको गरिमा विकास बैंकले पुससम्ममा ३३ अर्ब २१ करोड रुपैयाँ कर्जा दिएको छ । ३ अर्ब २३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको गरिमा विकास बैंकको १३.७८ प्रतिशत पूँजीकोष अनुपात रहेको छ । ७९.२० प्रतिशत ससीडी रहेको बैंकको बरेसरेट १०.९५ प्रतिशत छ भने ब्याजदर अन्तर ५.२६ प्रतिशत रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी २०.७ रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात(एनपीएल) ०.३९ प्रतिशत छ ।

Publish on: