संसदमा गगन थापाले सुनाए स्वस्थानी कथा, भने- चोरीको सामान फर्काउँदा विष्णु विष्णु भन्नु « Eglish Khabarhub

संसदमा गगन थापाले सुनाए स्वस्थानी कथा, भने- चोरीको सामान फर्काउँदा विष्णु विष्णु भन्नु



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संसदमा व्यंग गरेका छन् । जसमा उनले स्वस्थानीको कथाको शैलीमा विरोध गरेका हुन् ।

नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलका नाममा रहेको ललिता निवासको ४ जग्गा फिर्ता गरेकै भरमा अख्यितयारले मुद्दा नचलाएको विरोधमा थापाले उक्त व्यंग गरेका हुन् ।

उनको भनाइ जस्ताको तस्तैः

कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णु जी

अब उप्रान्त कसैको चोरीको सामान दिँदा सकेसम्म लोकलाई थाहा नहुने गरी गर्नु, थाहा पाइहाले होइन होइन भन्नु, चित्त बुझाउन नसकेर अप्ठ्यारोमा नै पर्ने भए हत्तपत्त चारीको सामान पक्रिएर दुई पटक विष्णु विष्णु भन्नु ।

त्यत्तिमा पनि चित्त बुझाएनन भने गोकुलधाम गएर खड्ग उचाल्नु र ४ पटक विष्णु विष्णु भन्नु, त्यसको प्रभावले तिम्रो÷हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् ।

इतिश्री अख्तियार पुराणे कुमार–विष्णु संवादे श्री स्वस्थानी व्रतकथाएँ बालुवाटार प्रकरण वर्णयानम प्रथमोध्याय ।

भिडियाेमा हेर्नुहाेस्

Publish on: