काठमाडौं । बुधबार बजारमा सुनको भाऊले अहिलेसम्मकै उच्च रेकर्ड राख्यो । मंगलबार प्रतितोला ७६ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा बुधबार ७ सय रुपैयाँले बढेर ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको हो ।
पछिल्लो एक वर्षको तथ्यांक हेर्ने हो भने गत फागुन ७ गतेको सुनको मूल्य ६२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
जुन अहिलेको तुलनामा १४ हजार ४०० रुपैयाँ कम हो । त्यस्तै, २ वर्षअघि २०७४ साल फागुन ७ गते बजारमा ५८ हजार रुपैयाँ प्रतितोला कारोबार भएको थियो ।
यसरी हेर्दा २ वर्षको अवधिमा सुनको मूल्यमा प्रतितोला १९ हजार १०० रुपैयाँले भाउ बढेको हो ।
त्यस्तै तेजावी सुन पनि प्रतितोला बुधबार ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । जबकी एक वर्षअघि फागुन ७ गते प्रतितोला ६२ हजार ४०० रुपैयाँ र २ वर्षअघि प्रतितोला ५७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
SHARE YOUR THOUGHTS