बालुवाटारमा प्रधानमन्त्री ओलीले भनेः शुसासन कायम राख्न अनुहार हेर्दिन « Eglish Khabarhub

बालुवाटारमा प्रधानमन्त्री ओलीले भनेः शुसासन कायम राख्न अनुहार हेर्दिन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुसासन कायम राख्न कसैको अनुहार हेरेर निर्णय नगर्ने बताएका छन् ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलुक अब आर्थिक सम्बृद्धिको बाटोमा’ बिमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले शुसासन कायम राख्न जस्तोसुकै निर्णय पनि गर्ने बताए ।
‘ मुलुकमा सिस्टम बसाउनको लागि म जस्तो सुकै कदम चाल्नु पनि तयार छु, मान्छे हरुले मलाइ तेरो पद धरापमा छ भन्छन् पद भनेको बर्षै चल्ने होइन, पदमा हुदा सुशासनको सिस्टम बसाउनु पर्छ । त्यो गर्दा मेरो पद नै जान्छ भने पनि मलाइ पद को लोभ छैन,’प्रधानमन्त्री ओलीले भने ।

उनले देशलाई सम्बृद्ध बनाउने कुरा कुरा गरेको धेरै भएको भन्दै यो कविता लेखेको जस्तो छिटो नहुँने बताए ।

उनले भूकम्पले भत्काएको संरचनालाई उठाउन समय लाग्ने भन्दै धेरै कुरामा पछि परेको भन्दै अरु देशको विकास हेरर मात्र अब नबस्ने बताए । ।
‘हाम्रो देश विकास हामीले नै गर्ने हो, हिजो अस्तिसम्म गरिब चीन आज त्यति धेरै सम्बृद्ध भएको छ, विशाल जनसंख्या भएको देशलाई अरुले सहयोग गरेर सम्बृद्ध भएको होइ,न यसको लागि आफैले काम गर्नुपर्छ,’प्रधानमन्त्रीले भने ।

उनले अर्थतन्त्रलाई सबल बनाउने भन्दै आयात घटाएर व्यापारलाई सन्तुलन सकारात्मक स्थितिमा पुर्याउने र आर्थिक गतिविधिलाई स्वच्छ र सरल बनाउनुपर्ने बताए ।

Publish on: