मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैदिन १४ नयाँ कोरोना संक्रमित थपिए, उदयपुरमा मात्रै १२ जना


काठमाडौं । शुक्रबार कोरोना भाइरसका १४ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० पुगेको छ ।

उदयपुरको भुल्केस्थित मस्जिदमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु भारतीय नागरिक हुन् ।

बाँकी २ जना भने चितवनस्थित राप्ती नगरपालिका ८ बस्ने एकै परिवारका हुन् । उनीहरु केही समय अघि बेलायतबाट नेपाल आएका थिए ।

स्वास्थ्य मन्त्रायका अनुसार उदयपुरमा रहेका सबै पुरूषहरू हुन् । जसमा ३४, २९, २६, २८, २८, २८, २८,  २२, २५, २०, ४०, र २९ वर्षका छन् । साथै चितवनमा २७ र ६३ वर्षे छन् ।