काठमाडौं । काठमाडौं । बीमा समितिले सुरु गरेको कोरोना भाइरस बीमालेखका लागि नीतिगत व्यवस्था गरेको छ ।
समितिले यसअघि नै सबै निर्जीबन बीमा कम्पनीलाई कोरोना भाइरस बीमालेख जारी गर्न निर्देशन दिएको थियो । त्यसको लागि नीतिगत व्यवस्था गरेको छ ।
समितिका अनुसार यो पोलीसीको दाबी भूक्तानी दाबी फछ्रयौटको लागि बीमितको नाम रोग शूरु भएको मिति र विवरण, पुर्ण रुपमा भरिएको दाबी फारम, रोग पूष्टि भएकोे परीक्षणको सम्पुर्ण कागजपत्रहरुका साथै अस्पताल भर्ना भएको अवस्थामा भर्ना भएको वा फिर्ता गर्ने समयमा दिने कागज वा अस्पताल वा चिकित्सकले दिएको कागज चाहिने छ । यो बीमालेख शूरु हूनू भन्दा पहिले देखि रोग संक्रमण रहेको र बीमालेख शूरु भएको १५ दिनभित्र संक्रमति भएको अवस्थामा दाबी लाग्ने व्यवस्था रहेको छ । कोरोना बाहेक अन्य कुनै रोग लागेमा दाबी गर्न पाइने छैन । । बीमित व्यक्ती ३ महिना देखि ९९ वर्ष ननाघेको हुनुपर्ने छ । यसको अवधि बीमालेख सुरु भएको मितिदेखि १२ महिनाको हुने छ । त्यसपछि यो स्वतः समाप्त हुनेछ ।
समितिले नेपालमा अझै कोरोनाको संक्रमण फैलन सक्ने अवस्थालाई समेत मध्यनजर गरी विशेषगरी ग्रामीण स्तरसम्म न्यूून आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यले तपशील यो बीमालेख जारी गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
उक्त बीमालेखमा हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुने गरी गर्ने व्यवस्था गरेको छ । उक्त बीमा अन्तर्गत ‘क’ र ‘ख’ बीमाङ्क कायम गर्ने समितिले जनाएको छ ।
‘क’मा १ लाख सम्मको बीमाङ्क राखेर गर्न मिल्ने छ । जसमा व्यक्तिगत रुपमा बीमा गर्दा प्रति व्यक्ति एक हजार बीमा शुल्क कायम गर्ने, तर परिवारका सदस्यको समेत गर्ने गरी बीमा समावेश भएमा प्रतिव्यक्ती ६ सय रुपैयाँ बीमाशुल्क कायम गर्ने समितिको भनाई छ ।
यस्तै ‘ख’मा ५० हजारसम्मको बीमाङ्क रकम राखेर बीमा गर्न मिल्ने छ । यसमा व्यक्तिगत रुपमा बीमा गर्दा प्रतिव्यक्ति ५ सय रुपैयाँ बीमा शुल्क कायम गर्ने र परिवारका सम्पूर्ण सदस्यको समेत बीमा समावेश भएमा प्रतिव्यक्ति ३ सय रुपैयाँ बीमाशुल्क कायम गर्ने समितिले जनाएको छ ।
समितिका अनुसार दाबीको लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ । दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पोलिमिरास चाइना रियाक्सन (पीसीआर) टेस्ट पोजेटिभ हुनासाथ दाबी योग्य हुनेछ ।
कोरोना भाइरस बीमाको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा मार्फत गर्ने र बीमालेखहरु जारी गर्दा हाल कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीले अनिवार्य रुपमा गर्नुपर्ने छ ।
SHARE YOUR THOUGHTS