काठमाडौं । बीबीसी वर्ल्ड सर्भिसका वातावरण संवाददाता नविनसिंह खड्काले पृथ्वीको तापक्रम २ डिग्रीभन्दा बढ्न नदिने सहमति भएको र हालसम्म १ डिग्री पुगिसकेको बताउँदै कोरोनाको महामारीपछि यसलाई कम गर्नका लागि विकल्प खोजिनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले आयोजना गरेको कोरोना महामारीपछिको अर्थतन्त्र र दिगोपनताबारे पत्रकारको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्बन उत्सर्जनमा कमी ल्याउनका लागि आगामी दिनमा विश्वव्यापी रुपमा नविकरणीय उर्जाको प्रयोगमा जोड दिनुपर्ने उनले बताए ।
सन् २०१५ मा पेरिसमा भएको सहमित तापक्रम कसरी २ डिग्रीभन्दा माथि जान नदिने विषयमा छलफल भएपनि अहिले नै १ डिग्री पुगिसकेको बताए ।
‘त्यो सहमति त भयो तर कसरी लागू गर्ने भन्ने विषयमा ५ वर्ष हामी त्यसैमा रुमलियौं । सन् २०१९ मा स्पेनमा भएको सम्मेलनमा केही कुरा मिले जस्तो भए पनि आर्थिक विषयसँग गएर खड्कियो । त्यहाँ धेरै असहमतिहरु भए,’ उनले भने ।
अन्तर्राष्ट्रिय कार्बन नियन्त्रण गर्ने विषयमा भारत, ब्राजिल र अष्ट्रेलियालगायत देश हालसम्म आफ्नो हिस्सामा बचाइराखेको कार्बन उत्सर्जनको पैसा चाहियो भनेको बताए ।
‘तर अहिले समय परिवर्तन भएको छ, अहिलेको अवस्थामा वैज्ञानिकहरुले के भनेका छन् भने अहिले जुन जुन देशले कार्बन उत्सर्जन गरिरहेका छन्, त्यो सीमाभन्दा ५ गुणा कम मात्रै उत्पादन हुनुपर्छ ।
अब महामारीपछि विश्वव्यापी अर्थतन्त्र क्र्यास भएको अवस्थामा विश्वव्यापी रुपमा औद्योगिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन हुन सक्नेतर्फ संकेत गर्दै उनले यसमा नीतिगत तहबाटै कार्यान्वयनमा उनले जोड दिए ।
‘अबको प्राथमिकता वातावरणीय परिवर्तन र दिगो विकास नै हो त्यसका लागि सबै देश एकजुट भएर लाग्नुपर्छ,’ उनले भने ।
उनले जर्मनी र बेलायतले आयोजना पिटर्सवर्ग सम्मेलनमा सबै देशका मानिसहरुले अब ग्रीन रिकभरीमा जान सहमत भए पनि कार्यान्वयनमा भने चुकेको बताए ।
लकडाउनका कारण जति पनि वातावरणमा सकारात्मक असर परेको र यो अहिलेको लागि आवश्यक भएको उनको तर्क छ । लकडाउनका कारणले आर्थिक प्रगति गर्नुपर्ने भएकाले फुल क्षमतामा काम गर्नुपर्ने बेला आएको उनको बुझाइ छ ।
‘
SHARE YOUR THOUGHTS