लकडाउन थप एक साता बढाउने सरकारको तयारी, बुधबार निर्णय हुने « Eglish Khabarhub

लकडाउन थप एक साता बढाउने सरकारको तयारी, बुधबार निर्णय हुने



काठमाडौं । सरकारले लकडाउनको अवधि एक साता थप गर्ने तयारी गरेको छ ।

मंगलबार बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन थप गर्नका लागि सिफारिस गर्ने तयारी गरेको हो। तर कति दिन थप हुन्छ भन्ने निर्णय बुधबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरिनेछ ।

काठमाडौंलगायतका ठाउँमा लकडाउन खुकुलो गर्ने माँग भइरहे पनि त्यसबारे केही निर्णय भने भएको छैन ।

सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको हो । हालसम्म नेपालमा ८२ जनामा कोरोना संक्रमण देखिएको र १६ जना निको भइसकेका छन् ।

Publish on: