कोरोनाको असर अध्ययन गर्न कांग्रेसद्धारा डा रामशरण महतको संयोजकत्वमा विशेष समिति गठन « Eglish Khabarhub

कोरोनाको असर अध्ययन गर्न कांग्रेसद्धारा डा रामशरण महतको संयोजकत्वमा विशेष समिति गठन



काठमाडौं । नेपाली कांग्रेसले कोरोनाको असर बारे अध्ययन,विश्लेषण तथा एव्म देशको दृष्टिकोण निर्माण गर्न पूर्व अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा विशेष समिति गठन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष समिति गठन गर्ने निर्णय गरेका हुन् ।

विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्मालेका तथा संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका र राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिेका व्यक्तिहरु समितिमा सदस्य छन् ।

समितिको सदस्यमा महेश आचार्य,ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का,डा मिनेन्द्र रिजाल,चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय,भरत शाह, उदय शमशेर राणा रहेका छन् । यस्तै डा पृथ्वीराज लिगल,सदस्य डा शंकर शर्मा,डा जगदीशचन्द्र पोख्रेल,डा गोविन्द पोख्रेल
डा स्वर्णिम वाग्ले सदस्य छन् ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भुमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने छ ।

Publish on: