कोरोना संक्रमितकाे संख्या १ सय २ पुग्यो, सबैभन्दा धेरै नम्बर १ मा ३१ जना « Eglish Khabarhub

कोरोना संक्रमितकाे संख्या १ सय २ पुग्यो, सबैभन्दा धेरै नम्बर १ मा ३१ जना



काठमाडौं । नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएको छ ।

भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ संक्रमित १६ वर्षिय पुरुषमा हुन् र उनलाई खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा राखिएको मन्त्रालयले बताएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ भने नेपालगञ्जमा मात्र कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

नेपालमा भेटिएका १०२ संक्रमित प्रदेश नम्बर १ मा ३१ जना, प्रदेश नम्बर २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर ५ मा २६ जना, सुदुरपश्चिम प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा हालसम्म संक्रमित भेटिएको छैन् ।

Publish on: