काठमाडौं । उपत्यका भित्रने सवारी साधनलाई डिस्इन्फेक्सन गर्नका लागि सुन्दर यातायातले भक्तपुरको जगातिमा पनि टनेल निर्माण गरेको छ
सुन्दर यातायातले यसअघि नागढुंगामा पनि टनेल निर्माण गरेको थियो ।
कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार साढे २ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । आइतबार टनेलको उद्घाटन सांसद महेश बस्नेतले गरे । टनेल निर्माणका लागि स्थानीय तहले पानी उपलब्ध गराउनेछ भने बाँकी काम कम्पनीले गर्नेछ ।
भक्तपुरको जगातिहुँदै उपत्यका भित्रने सवारी साधनबाट कोरोना भाइरसको संक्रमण नहोस भन्नका लागि उक्त टनेल निर्माण गरिएको हो ।
SHARE YOUR THOUGHTS