एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने, सबै पास रद्द « Eglish Khabarhub

एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने, सबै पास रद्द



काठमाडौं । गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने निर्णय गरेको छ । उक्त प्रयोजनका लागि जारी भएका सबै पास पनि रद्द गर्ने निर्णय भएको गृहमन्त्रालय स्रोतले जानकारी दियो ।

कोरोना संक्रमितको संख्या मंगलबार ५७ जनाले बढेसँगै गृहमन्त्रालयले उक्त निर्देशन जारी गरेको छ ।

स्रोतका अनुसार जेठ १ गतेदेखि लागू हुने गरी उक्त निर्देशन जारी गरिएको हो । अब  जिल्ला प्रशासन कार्यालयबाट जारी पासमा मात्रै हिँडडुल गर्न पाइने छ भने सञ्चारकर्मीले पनि सूचना विभागको पासका आधारमा मात्रै हिँडडुल गर्न पाउनेछन् ।

Publish on: