काठमाडौं । मंगलबार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि मंगलबार नै ५७ जनामा कोरोना देखिएको थियो । एकैदिन ८३ जनामा कोरोना देखिएको हो ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा जिल्ला निवासी वर्ष २२, २८, २८, ३२, ४५ र ६० वर्षे महिला तथा १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१ र ६१ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो । त्यस्तै, महोत्तरीमा १६ र २५ वर्षे पुरुषहरु, धनुषामा २० वर्षे महिला र ४० वर्षे पुरुष, भक्तपुर निवासी २५ वर्षे महिला र २७ वर्षे पुरुष, काठमाडौंमा ३३ वर्षे महिला, सर्लाहीकि ४५ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो ।
यसरी कुल संख्या २१७ पुगेको छ । हालसम्म ३३ जना उपचारपछि निको भएका छन् ।
SHARE YOUR THOUGHTS