९ जना कोरोना संक्रमित थपिए, संकमितको संख्या २५८ पुग्यो « Eglish Khabarhub

९ जना कोरोना संक्रमित थपिए, संकमितको संख्या २५८ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमित ९ जनामा थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं र भेरी अस्पताल‚ नेपालगञ्जमा गरिएको परीक्षणअनुसार ९ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी अनुसार नयाँ पुष्टी भएका कोरोना संक्रमितहरु सबै पुरुष हुन् ।

नयाँ पुष्टि भएकामा मकवानपुर निवासी ३७ वर्षीय पुरूष र बाँके नैनापुरका ०१, ०३ र ०५ निवासी १८‚ २०‚ २२‚ २५‚ २५‚ २७‚ ३२ र ३६ वर्षीय पुरूष रहेका छन्। हालसम्म सबैको स्थिति सामान्य रहेको र सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

Publish on: