काठमाडौं । कोरोना भाइरस(कोभिड १९) उच्चस्तरीय समन्वय समितिको बैठकमा जेठ ५ देखि पनि लकडाउन थप्ने निर्णय भएको छ ।
समितिको अनौपचारिक बैठकमा लकडाउन थप गर्ने र यसको मोडालिटी परिवर्तन गर्ने निर्णय भएको छ ।
समितिको सुझाव अनुसार कतिदिन लकडाउन लगाउने र मोडालिटी कस्तो बनाउने भन्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गर्ने छ ।
नेपालमा कोरोना भाइरस नियन्त्रणका लागि चैत ११ देखि लकडाउन गरिएको छ । सरकारले पछिल्लो साता लकडाउन खुकुलो बनाएर केही उद्योग व्यवसाय खोल्न दिने निर्णय लिएपनि काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएपछि पुनः कडाई गरेको छ । गृहमन्त्रालयले यसअघि जारी गरेका पासहरु समेत रद्द गरेका छ ।
उच्च संक्रमित क्षेत्रमा सबै कुरा सिल गर्ने र कम जोखिम देखिएका क्षेत्रका आर्थिक क्रियाकलापहरु खुल्ला गर्ने विषयमा समितिमा छलफल भएको थियो ।
SHARE YOUR THOUGHTS