काठमाडौं । शिखर इन्स्योरेन्स १ करोड भन्दा बढीको कोरोनाभाइरस बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । २०७७ जेष्ठ २ गते सम्म शिखर इन्स्योरन्सले करिब १८ सय कोरोेना भाइरस बीमालेख जारी गरी १ करोड १० लाख भन्दा बढीको कोरोनाभाइरस बीमाशुल्क संकलन गरेको छ ।
शिखर इन्योरेन्सबाट हालसम्म २० हजार बढी व्यक्तिले कोरोनाभाइरस बीमा गराएका छन् । नेपालको अग्रणी बीमा कम्पनीको रुपमा रहेको शिखर इन्स्योरेन्सको कोरोनाभाइरस बीमालेख संख्यामा २७ प्रतिशतको बजार हिस्सा रहेको छ ।
डिजिटल इन्स्योरेन्समा पनि शिखर इन्स्योरेन्स अग्रणी स्थानमा रहेको छ । २०७७ जेष्ठ २ सम्ममा जारी कुल मध्ये करिब ५०० बीमाको लागि अनलाईनबाट प्रस्ताव फाराम प्राप्त भएको छ ।
शिखर इन्स्योरेन्सको नेपालभरीको शाखाहरुबाट कोरोनाभाइरस बीमा प्राप्त गर्न सकिन्छ भने हालसम्म ५० भन्दा बढी जिल्लाका बासिन्दाहरुले शिखर इन्स्योरेन्सबाट कोरोनाभाइरस बीमा गराएका छन् ।
SHARE YOUR THOUGHTS