नागढुंगामा स्वास्थकर्मीलाई दुर्व्यवहार गर्ने उत्तम कार्की पक्राउ « Eglish Khabarhub

नागढुंगामा स्वास्थकर्मीलाई दुर्व्यवहार गर्ने उत्तम कार्की पक्राउ



काठमाडौं । प्रहरीले नागढुंगामा स्वास्थकर्मी नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई पक्राउ गरेको छ ।

कार्कीलाई चन्द्रागिरीबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका भित्रने प्रमुख नाका नागढुंगामा स्वंवसेवक बनेर उत्तम कार्कीले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुव्यर्वहार गरेकाका थिए । उनले फेसबुक लाइभ गर्दै यसको भिडियो समेत फेसबुकमा पोस्ट गरेका थिए ।

पछि फेसबुकबाट पोस्ट हटाएपनि सामाजिक संजालमा उनलाई कानूनी कारवाही गर्न दवाव दिइएको थियो ।

Publish on: