काठमाडौं । सरकारले निजी तथा सामूदायिक अस्पतालहरुले पनि कोरोना भाइरसको आरडीटी परीक्षण गर्ने बाटो खोलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ परीक्षण सम्बन्धी मापदण्ड निर्देशिका जारी गरेपछि निजी तथा सामुदायिक अस्पताललाई आरडीटी परिक्षण गर्न बाटो खुलेको हो ।
सरकारले बनाएको मापदण्ड अनुसार मन्त्रालयबाट छुट्टै अनुमित लिएर निजी तथा सामूदायिक अस्पतालले कोरोना भाइरसको आरडीटी परिक्षण गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
परीक्षणको शुल्क भने अस्पताल आफैले निर्धारण गरी लिन पाउने उनले बताए ।
‘परीक्षणको शुल्क खरिद गरिएको शुल्कमा बढीमा २० प्रतिशत लिन पाउनेछन्,’ उनले भने ।
अनुमतिको लागि सम्बन्धित अस्पतालहरु नियम अनुसार दर्ता भएको हुनपर्ने प्रवक्ता डा. देवकोटाले बताए ।
‘परीक्षणका लागि उपत्यकाभित्रका अस्पलातहरुले स्वास्थ्य सेवा विभागबाट र उपत्यका बाहिरका अस्पतालहरुले सम्बन्धीत प्रदेश स्वास्थ्य निर्देशनालय अनुमाति लिनु पर्नेछ,’ उनले भने ‘आरडीटी परीक्षण गर्न चाहने अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सुचीकृत गरेको छ ।’
सोही सूचीमा भएका आरडीटीहरु मात्र अनुमति लिएका अस्पतालले परीक्षण गर्न पाउने उनले जानकारी दिए । यदी सूचिकृत भएको नभएका आरडीटी परीक्षण गनुपर्ने भएमा जनस्वास्थ्यले अनुमति दिएपछि मात्र परीक्षण गर्न पाउने व्यवस्था मन्त्रालयले गरेको छ ।
मन्त्रालयले जारी गरेको कोरोना भाइरस परीक्षण निर्देशिका अस्पतालहरुको प्रयोगका लागि मात्र जारी गरिएको हुँदा आरडीटी परिक्षणमा पोजेटिभ आएमा पीसीआर विधिबाट परीक्षणको लागि तोकिएको सरकारी अस्पतालमा स्वाब पठाउनु पर्ने मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।
निजी तथा सामूदायिक अस्पतालहरुले गरेको आरडीटी परीक्षणको अभिलेख राखी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनु पर्नेछ ।
SHARE YOUR THOUGHTS